पोखरा महानगरको बजेट : प्रध्यानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यार्थीलाई थपेर दिवा खाजा (पूर्णपाठ) – Nepal Press

पोखरा महानगरको बजेट : प्रध्यानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यार्थीलाई थपेर दिवा खाजा (पूर्णपाठ)

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोडको बजेट ल्याएको छ । १३औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब घटाएर बजेट ल्याएको हो । चालु आवमा महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले पोखरा पर्यटकीय पूर्वाधारको विकास, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास, समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदुषण नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।

प्रध्यानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकरले प्रदान गरेको प्रति विद्यार्र्थी प्रतिदिन १५ मा महानगरबाट १० थप गरी प्रतिदिन २५ पु¥याउन ४ करोेड ६५ लाख विनियोजन गरेको छ ।

सामुदायिक विद्यालयहरुको समग्र व्यवस्थापनमा सुधार ल्याई शिक्षाको गुणस्तर वृद्धि गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ ।

व्यवसायिक कृषि उत्पादन कार्यक्रम अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन अभियान, मल, विऊ, विरुवा लगायत कृषि सामग्री व्यवस्थापन, आलु उत्पादन कार्यक्रम, हिँउदे बाली अभियान, चैते धान प्राविधिक सहयोग कार्यक्रम, माछा पोखरी क्षेत्र विस्तार जस्ता कार्यक्रमको लागि रु. १ करोड २४ लाख बजेट विनियोजन गरिएको छ ।

व्यवसाय प्रवद्र्धन अन्तर्गत व्यवसाय विकास कार्यक्रमको लागि महानगरपालिकाले २ करोड विनियोजन गरेको छ । ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक मासिक पोषण भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

महानगरपालिकाका सबै वडाहरुमा एक वडाः एक स्मार्ट शौचालय बनाउने नीति अनुसार शुद्ध पिउने पानी सहितका सुविधा सम्पन्न शौचालय निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ५४ करोड ६२ लाख छुट्याएको छ । शहरका विभिन्न क्षेत्रमा आस्फाल्ट सडक निर्माण कार्यलाई तिव्रता दिन १० करोड विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् ।

वडा कार्यालयबाट छनौट भई पेश भएका सडक योजनाको लागि. ४९ करोड ९२ लाख प्रस्ताव र हाँडीखोला, खुइतेखोला, खहरेखोला, खुदीखोला, ठुलिमजुवा पुल, फिर्के खोला तथा सुरौदी खोला लगायतका पुल र कल्भर्टहरुको लागि रु.१६ करोड ५० लाख विनियोजन गरिएको छ ।

पोखरा बहुउद्देश्यीय भवन, नयाँ एयरपोर्टबाट लेकसाइड जोड्ने फास्ट ट्रयाक, फेवा–बेगनास कनेक्टिभिटी सडक, पोखरा बसपार्क, विन्ध्याबसिनी बसपार्क, कोमागाने पार्क, ड्यामसाइड पर्यटन पार्क, लामेआहल बसपार्क, बेगनास बराहक्षेत्र परियोजना, फेवा किनारमा फेवाबीच, रानीवनमा हर्बल ट्रेल, छतिघाट निर्माण, पन्चासे विकास परियोजना, पोखरा गौशाला निर्माण लगायतका महानगर गौरवका आयोजनाहरुका लागि पर्याप्त बजेट विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् ।

बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।

स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालय तर्फ ८१ करोड २२ लाख २६ हजार, सामाजिक विकास ६ करोड ५० लाख, आर्थिक विकास तर्फ १० करोड, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख र पूर्वाधारतर्फ २ अर्ब, पर्यटन शहरी विकास तथा वातावरणतर्फ ७० करोड, विभिन्न कोषहरुमा १४ करोड, संघीय शर्सत अनुदान २ अर्ब २३ करोड ६२ लाख र प्रदेश शसर्त अनुदान ८० लाख तथा शहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार बजेट पेश गरिएको छ ।

यस्ताे छ पाेखराकाे नयाँ बजेट:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर