न्यायाधीश भुवन गिरीलाई अदालतमै जुत्ता हानेकी पत्नी आरती पक्राउ – Nepal Press

न्यायाधीश भुवन गिरीलाई अदालतमै जुत्ता हानेकी पत्नी आरती पक्राउ

प्रहरी हिरासतमा आरतीको आमरण अनसन सुरु

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरी पक्राउ परेकी छिन् । उनले गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा श्रीमानमाथि जुत्ता प्रहार गरेकी थिइन् ।

आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । त्यसकै पेशी बुझ्न जाने क्रममा आफैंले लगाएको जुत्ताले श्रीमानलाई हानेकी थिइन् ।

न्यायको माग गर्दै आरती आजबाट आमरण अनशनमा बसेकी छिन् । यही क्रममा उनी सहयोगी बिनु यादवसहित काठमाडौं महान्यायाधीवक्ताको कार्यालयमा प्रदर्शनका लागि पुगेकी थिइन् ।

सेतो सारी र खुट्टामा चप्पल नलगाइ महान्यायधीवक्ता कार्यालय अगाडि धर्ना दिन खोज्दा प्रहरीले उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्यायो । आरतीसँगै बिनु पनि पक्राउ परेकी थिइन् । दुवैलाई आजै छोड्ने तयारी थियो । तर, त्यही बेला पूर्वन्यायाधीस गिरी पनि त्यहाँ पुगेका थिए ।

गिरीले अदालतमा जुत्ता खाएपछि प्रहरीमा श्रीमतीविरुद्ध अभद्र व्यवहारमा मुद्दा हालेका छन् । त्यसकै ताकेताका लागि उनी सिंहदरबार वृत्त पुगेका हुन् । त्यहाँ श्रीमतीसँग उनको जम्काभेट भएको थियो । प्रहरीकै अगाडि उनले श्रीमतीलाई तथानाम गाली गरेको स्रोतले बतायो ।

गिरीले आरतीमाथि आफूले अभद्र व्यवहारमा मुद्दा दिएका उनलाई रिहा नगर्न प्रहरीलाई दवाव दिए । गिरीको दवावपछि प्रहरीले आरतीलाई रिहा गरेन । उनलाई सिंहदरबार वृत्तकै हिरासतमा राखेको छ । आरतीले हिरासतमा नै अनशनलाई निरन्तरता दिएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *