धनगढीमा एक अर्ब ९३ करोडको बजेट : यस्ता छन् प्राथमिकताहरु – Nepal Press

धनगढीमा एक अर्ब ९३ करोडको बजेट : यस्ता छन् प्राथमिकताहरु

कैलाली । धनगढी उपमहानगरपालिकाले २०८०/८१ को लागी एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट ल्याएको छ । सामाजिक विकास पूर्वाधार र सुशासन प्राथमिकतामा दिने गरि उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी वर्षको लागी बजेट प्रस्तुत गरेकी हुन् ।

धनगढीले चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ छुट्याइएको छ भने पूँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कुल बजेटमध्ये ३६ करोड ८३ लाख ७४ हजार १९४ रुपैयाँ पूर्वाधार विकासतर्फ विनियोजन गरिएको छ। क्षेत्रगत कार्यक्रमअन्तर्गत आर्थिक विकासतर्फ कुल बजेटमध्ये ९ करोड ६५ लाख ९३ हजार ८ सय १७ रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख ५ हजार २२२ रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको ४४ दशमलव २० प्रतिशत हो । पूर्वाधार विकासतर्फ कुल बजेटमध्ये ३६ करोड ८३ लाख ७४ हजार १९४ रुपैयाँ विनियोजन भएको छ ।

सुशासन तथा अन्तरसम्बन्धिततर्फ कुल बजेटमध्ये ५ करोड ६५ लाख ५५ हजार ५९ रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार ९२६ रुपैयाँ विनियोजन गरिएको छ। जुन कुल बजेटको २८ दशमलव ८० प्रतिशत हो ।

विकास खर्चलाई चालू खर्चमा परिवर्तन गर्न नपाउने, करारमा कार्य कर्मचारीलाई पुनरावोलकन गर्दै प्रशासनिक खर्चको भार घटाउने, खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै तोकिएको समयभित्रै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक स्रोतले चालू खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयनको व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर