शशांक कोइराला भन्छन्- छियाछिया भएको कांग्रेसलाई पुनः जीवन दिनुपर्छ(भिडिओ) – Nepal Press

शशांक कोइराला भन्छन्- छियाछिया भएको कांग्रेसलाई पुनः जीवन दिनुपर्छ(भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई पुनः जीवन दिन आवश्यकता रहेको बताएका छन् ।

पार्टी निकट नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अहिले कांग्रेस छियाछिया भइरहेको बताए ।

‘कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ’, उनले भने, ‘पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो ।’

आउँदो दिनमा अब कांग्रेस कसरी जाने भन्नेबारेमा गम्भीर छलफल गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर