काठमाडाैं महानगर बजेट : स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गरिने – Nepal Press

काठमाडाैं महानगर बजेट : स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ ।

आज महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता ढंगोलले स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गरिने बताएकी छन् । जसका लागि महानगरले आवश्यक रकम विनियोजन गरेको उनले बताइन् ।

‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छ’, उनले भनिन्, ‘उत्पादन र उपभोगलाई जोडन ‘अनलाइन ई कर्मस प्रोटल’ मार्फत मेट्रो मार्ट संचालनमा ल्याउन १ करोड रकम विनियोजन गरेको छ । आर्थिक विकास निजी क्षेत्रको स्रोत, साधन, सीप र प्रविधिको उपयोग गरी सार्वजनिक निर्माण तथा सेवाप्रवाहमा साझेदारी कार्यक्रम प्रबर्द्धन गर्न आवश्यक बजेट सहितको व्यवस्था मिलाएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर