काठमाडौं महानगरको बजेट : कुन शीर्षकमा कति (पूर्णपाठ) – Nepal Press

काठमाडौं महानगरको बजेट : कुन शीर्षकमा कति (पूर्णपाठ)

काठमाडौं । काठमाडौ महानगर पालिकाले आगामी आर्थिक वर्षका लागि २०८०/८१ को लागि २५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँ को बजेट ल्याएको छ ।

उपमेयर सुनिता डंगोलले नगरसभामा आर्थिक वर्ष २०८० /८१ का बजेट प्रस्तुत गरेकी हुन् । महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत योजना छनौट गरी ३ अर्ब ८० करोड विनियोजन गरिएको बताएकी छन् । त्यस्तै २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब छुट्याइएको छ । महानगरपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि छुट्याएकाे छ ।

आर्थिक वर्ष २०८० ८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ । यस्तै महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजार विनियोजिन गरिएको छ ।

पूर्वाधार क्षेत्रअन्तर्गत महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी ‘धुलोरहित काठमाडौं’ योजना कार्यान्वयनका लागि १०० करोड रकम विनियोजन गरेको छ ।

सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पुर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा संचालन गर्न २५ करोड रकम लगायत महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधार तर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कुल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

त्यस्तै महानगर क्षेत्रको समग्र संस्कृति सम्पदा एवंम पर्यटन कार्यक्रमको लागि गत आर्थिक वर्षको क्रमागत योजनासहित कुल २ अर्ब १३ करोड ७६ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०८० ८१ को लागि फोहोरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रम समेतका लागि ८७ करोड ९३ करोड रकम विनियोजन गरेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १२ मा  भव्यवस्थाएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै संचालन गर्ने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको छ ।

महानगरपालिकामा कार्यरत कर्मचारीहरुको लागि सुनौलो अवकाश योजनाका लागि आवश्यक कानून तर्जुमा गरि कार्यान्वयन गर्न १० करोड र महानगर क्षेत्रभित्रका युवा जनशक्तीलाई “श्रम बैंक’ स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड विनियोजन गरेको छ ।

महानगरले पैदलयात्रीहरुलाई सहज आवागमन एवं सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्न १० करोड रकम विनियोजन गरेको छ ।

महानगरवासीहरुको लागि न्याय, कानून तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा “न्याय चौतारी” कार्यक्रम संचालन गर्न १ करोड, महानगरपालिकाको केन्द्रीय कार्यालय र वडा कार्यालयहरुबाट निःशुल्क कानुनी सेवा प्रवाह गर्न ६८ लाख र वडा महिला सञ्जाललाई थप शसक्त र प्रभावकारिताको लागि आवश्यक रकम ३२ लाख बजेट विनियोजन गरेको छ ।

अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको विक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा ‘एग्रोपुलिङ” कार्यक्रमको लागि १ करोड रमहानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको छ ।

विपद व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम तथा उपकरणहरु खरिद गर्न ३ करोड ५० लाख र नगर क्षेत्रभित्रका विभिन्न स्थानमा वर्षात्को समयमा हुने डुवान न्यूनिकरणको लागि “डुवान समाधान” स्वर्णिम कार्यक्रम मार्फत खर्च हुने गरी  ४ करोड रकम विनियोजन गरेको छ ।

महानगरले शहरी व्यवस्थापन सम्बन्धी विषयको अध्ययन र अनुसन्धान गर्न ५ करोड र महानगरपालिकाको २० वर्षे रणनीतिक योजना “मिसन २१००” तर्जुमा गर्नको लागि १ करोड रकम विनियोजन गरेको छ ।

महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीमार्फत गर्ने गराउन “सुशासनको लागि अनलाइन सेवा” योजना अन्तर्गतका विभिन्न कार्यक्रम संचालन गर्न १५ करोड र महानगरका मुख्य सडक, चोक एवं गल्ली समेतमा सर्भिलेन्स क्यामेरा जडान गर्न २० करोड, महानगर टेलिभिजन स्थापना गर्नका लागि ५ करोड रकम विनियोजन गरेको छ।

वर्ष भरि नैमहानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपण सम्बन्धी कार्य अभियानको रुपमा संचालन गर्न ५० करोड रकम विनियोजन गरेको छ ।

महानगरपालिकाले सामाजिक विकासको मुख्य कार्यक्रमको रुपमा “रोजगारी र आयवृद्धि, महानगरको समृद्धि” कार्यक्रमलाई १० करोड विनियोजन गरेको छ । साथै सहरी गरिबको पहिचान गरी उनीहरुका लागि सीप विकास र आयमुलक तालिम कार्यक्रम संचालन गर्न आवश्यक रकमको व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।

“साथी महानगर” स्वर्णिम योजनाले महानगरवासीको सुखदुःखमा साथ दिने कार्यक्रमको लागि २ करोड, एक वडा, एक नमुना उद्यम कार्यक्रम” संचालन गर्न १ करोड “एक टोल, एक खेलकुद पुर्वाधार” तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि स्वर्णिम योजना सहितको कार्यक्रम संचालन गर्न रु१० करोड ५० लाख रकम बजेट मार्फत विनियोजन गरेको छ ।

उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई कर्मस मार्फत मेट्रो मार्ट संचालनमा ल्याउन १ करोड रकम विनियोजन गरेको छ ।

करको दरमा समसामयिक पुनरावलोकन गर्न तथा करको दायरा फराकिलो बनाई राजश्व परिचालनमा थप प्रभावकारिता ल्याउन कर टोली गठन गरी परिचालन समेत गर्नका लागि कुल ३ करोड ४२ लाख रकम विनियोजन गरेको छ । महानगरले “साँस्कृतिक शहर, समृद्ध महानगरू नारालाई अघि सारेको छ ।

तस्बिरहरू : गौरव पौडेल । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *