कालीदह नाकाबाट सुनजस्तै देखिने सामानसहित एकजना पक्राउ – Nepal Press

कालीदह नाकाबाट सुनजस्तै देखिने सामानसहित एकजना पक्राउ

रुपन्देही । नेपाल-भारत सीमामा पर्ने रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ कालीदह नाकाबाट सशस्त्र प्रहरीले सुन बरामद गरेको हो । चेकजाँचका क्रममा पहेँलो धातु इँटको आकारमा २ थान वस्तु फेला परेको एपीएफले जनाएकव छ ।

दाङ घोराही नगरपालिका-१० का २१ वर्षीय हुमानन्द गिरी पक्राउ परेका हुन् । सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बीओपी बयरघाटले शनिबार राति साढे ९ बजे कारमा राखेर सीमा पार गर्दै गर्दा सो वस्तु फेला पारेको हो ।

बा. १२ च ३८२० नम्बरको मारुती सुजुकी कारमा राखेर भारत लैजाँदै गर्दा इट्टा आकारको २ थान सुनजस्तो देखिने वस्तु बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बरामद भएको वस्तु सुन हो वा होइन ? भन्ने परीक्षण पछिमात्र थाहा हुने बताइएको छ । घटनाका विषयमा सशस्त्र र भन्सारले अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर