जीप दुर्घटनामा एक जनाको मृत्यु – Nepal Press

जीप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिवार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *