नेदरल्यान्ड्सविरुद्ध नेपालको सुस्त सुरुआत : पावर प्लेमा एक विकेट गुमाएर २३ रन – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध नेपालको सुस्त सुरुआत : पावर प्लेमा एक विकेट गुमाएर २३ रन

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सुरुआत सुरुआत गरेको छ ।

सुपर सिक्समा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेको समाप्तिमा १ विकेट गुमाएर २३ रन जोडेको छ । ओपनर आसिफ शेख २।२ ओभरमा लोगान भान विकको बलमा २ बल खेल्दै शून्यमा आउट भएका थिए ।

सुपर सिक्समा स्थान बनाउन नेपालाई आजको खेल जित्नै पर्नै दबाब छ ।

यदि पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

यो समाचार लेखिसक्दा नेपालले १० ओभरको खेल सकिँदा एक विकेट गुमाएर २३ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल १५ र भिम सार्की ७ रन बनाएर खेलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर