हवावे मोबाइल नेपाल कंग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु, के भयो पहिलो दिनमा ? – Nepal Press

हवावे मोबाइल नेपाल कंग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु, के भयो पहिलो दिनमा ?

काठमाडौं । आइसीटी फाउण्डेसन नेपालले हवावेसँगको सहकार्यमा आयोजना गरेको हवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ आजबाट सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कन्क्लेभको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वमन्त्री गणेश शाह, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, विभिन्न संगठनहरुका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुका साथै सूचना प्रविधि क्षेत्रका पदाधिकारीहरुको उपस्थिति थियो ।

फायर साइड पावर संवादमा प्रविधिमन्त्री शर्माले नेपालमा हालै सूचना प्रविधिको विकासमा भइरहेको विकासको बारेमा आफ्नो भनाई राख्दै सोचमा समेत परिवर्तन आएको बताइन् ।

पहिले सूचना प्रविधिको क्षेत्र केवल मनोरन्जनको लागि भनेर बुझ्ने गरिएकोमा हाल आएर उत्पादन उद्योग र डिजिटल इकोनोमीको लागि पनि हो भनेर बुझिएको, नेपाल सरकार डिजिटल प्रविधिको प्रयोग अभिवृद्धि गर्न र यसको लागि आवश्यक जनशक्तिहरुलाई नेपालमा नै उचित सुविधा प्रदान गर्न लागि परेको समेत बताइन् ।

हवावे साउथ एशिया रिजनल कार्यालयका अध्यक्ष पान जिनफेङ्गले, ‘डिजिटल नेपालको अनुभूति पूर्वाधारको स्तरोन्नति र औद्योगीक डिजिटल रुपान्तरणबाट भिन्न छैन । हवावेले नेपालको आइसीटी डोमेनमा विगत २३ वर्षभन्दा अघिदेखि काम गर्दै आइरहेको छ ।

आयोजकका अनुसार २ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशबाट आएका आइसीटी विज्ञहरुसहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागीतामा विभिन्न ६ वटा विषयहरुमा १५ वटा सत्रहरु संचालन हुनेछन् ।

कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशका विषयगत विज्ञहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नु हुनेछ । साथै विज्ञहरुले कार्य पत्रहरु पनि प्रस्तुत गर्नेछन् ।

‘फोस्टरिङ्ग डिजिटल्ली सक्षम नेपाल’ भन्ने नारा रहेको कन्क्लेभको उद्देश्य नेटवर्किङ र डिजीटल्ली सहकार्यको लागि सार्थक वातावरण तयार पार्ने रहेको छ । कार्यक्रम २ दिनसम्म सोल्टी होटल भइरहेको छ । साथै ह्वावे मोबाइल नेपाल कँग्रेसको पनि आयोजना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर