वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क पाउने – Nepal Press

वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क पाउने

काठमाडौं । वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो । यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

७०० बेड निःशुल्क गरेवापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डा. बस्नेतले बताए ।

त्यस्तै, न्याम्सले अन्य आंगिक अस्पतालहरुसग समन्वय गरेर त्यहाको विरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ । स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई सुनिश्चित गर्न सरकारले न्याम्स मार्फत काम अघि बढाउने तयारी गरेको हो ।

वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर