रेशम चौधरी भोलि सुर्खेत आउँदै – Nepal Press

रेशम चौधरी भोलि सुर्खेत आउँदै

सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी शनिबार भोलि सुर्खेत आउने भएका छन् ।

थारु कल्याणकारिणी परिषद् र नागरिक उन्मुक्ति पार्टीको संयुक्त आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी सुर्खेत आउने भएका हुन् ।

चाैधरी शनिबार बिहान काठमाडौंबाट सुर्खेत विमानस्थल आउने छन् । वीरेन्द्रनगरस्थित शुभहोटलमा सामान्य भेटघाट गरी दिउँसोको कार्यक्रमलाई सम्बोधन गर्ने लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले जानकारी दिए ।

अभिनन्दन तथा समारोह कार्यक्रम वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा दिउँसो ३ बजेदेखि सुरु हुने मन्त्री चौधरीले जनाए । रेशमलाले टीकापुर घटनाको बारे जनता सामू स्पष्ट पार्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल जेठ १५ गते छुटेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर