मुद्दा फिर्ता खारेज गर्न सर्वोच्चले आदेश दिएसँगै प्रेम चलाउनेले तोडे अनसन – Nepal Press

मुद्दा फिर्ता खारेज गर्न सर्वोच्चले आदेश दिएसँगै प्रेम चलाउनेले तोडे अनसन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनसन तोडेका छन् ।

सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन् ।

आफूमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए । अनसन तोड्दै चलाउनेले न्यायको आंशिक जित भएको अनुभूति भएको बताए । उनले न्याय पाउने प्रक्रियालाई अवरुद्ध गरेमा प्रतिकार गर्न फेरी सडकमा आउने बताए ।

जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए । २०७७ असोजमा नेविसंघका नेता कार्यकताले आक्रमण गरेको भन्दै चलाउनेले मुद्दा दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *