कतार प्रहरीदेखि रुसी फौजमा नेपाली पुगेकोमा सरकारलाई कांग्रेस सांसद बजगाईंको प्रश्न (भिडिओ) – Nepal Press

कतार प्रहरीदेखि रुसी फौजमा नेपाली पुगेकोमा सरकारलाई कांग्रेस सांसद बजगाईंको प्रश्न (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवाहरु कतार प्रहरीदेखि रुसी फौजमा पुगेको कुरा सदनमा उठाएका छन् । नेपालीहरु कतार प्रहरीदेखि रुसी सेनामा पुगिरहँदा सरकारले उत्तरदायी नभएको बजगाईंको भनाइ थियो ।

उनले शुक्रबार सदनमा भनेका छन्, ‘युक्रेन र रसियामा नेपाली जवानहरु त्यहाँका सेनामा भर्ती भइरहेका भिडियोहरु सार्वजनिक भइरहेको छ । यसमा कुनै दुर्घटना नतिम्तियोस् अथवा भविष्यमा यसले हामीलाई कुनै समस्यामा नपारोस् । सरकार उत्तरदायी हुनुपर्ने परिस्थिति जबरजस्त सिर्जना नहोस् । त्यस्तैगरी कतारले पनि सुसज्जित हतियारसहित नेपाली युवाहरुलाई प्रहरीमा भर्ना गरिरहेको छ । त्यसमा पनि सरकारको ध्यान जाओस् ।’

फरक प्रसंगमा बजगाईंले पोखरा विमानस्थलको सवालसमेत उठाए । पोखरा विमानस्थल बीआरआईको हो कि होइन भन्नेमा बजगाईंले प्रश्न गरे ।

उनले भने, ‘भर्खरै पोखरा एयरपोर्टलाई बीआरआईअन्तर्गत हो भनेर महामहिमज्यूले भन्नुभएको छ । यसमा पनि सरकारको ध्यानाकर्षण होस् भन्ने माग गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर