प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेपछि…(भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेपछि…(भिडिओ)

काठमाडौं । प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरका क्रममा केही सांसदलाई प्रधानमन्त्रीले चिन्न नसकेपछि सभामुखको सहयोग मागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबारको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण पटकपटक झुक्किने अवस्था समेत देखियो ।

एमालेका अच्युत मैनाली र कांग्रेसका अजय चौरसियापछि प्रश्न सोध्न सभामुख देवराज घिमिरेले कांग्रेस सांसद अन्जनी श्रेष्ठको नाम बोलाए । उनले आफ्नो प्रश्न पनि राखिन् ।

तर, प्रधानमन्त्रीले उनलाई चिन्न सकेनन् र सभामुखको सहयोग मागे । सभामुखले अन्जनी श्रेष्ठको नाम लिएपछि प्रधानमन्त्रीले जवाफ दिए ।

त्यस्तै कांग्रेस सांसद अम्बिका बस्नेतलाई पनि प्रधानमन्त्रीले चिन्न सकेनन् । पूर्वमन्त्री समेत रहेकी बस्नेत चर्चित कांग्रेस नेता पनि हुन् । तर, प्रधानमन्त्रीले उनलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे ।

सभामुखले अम्बिका बस्नेत भनेर चिनाएपछि प्रधानमन्त्री पुनः अलमलिए । उनले अम्बिका बस्नेतको प्रश्न हराएपछि पुनः प्रश्न सोध्न आग्रह गरे । प्रधानमन्त्रीले यस्तो हुनुमा आफ्नो तयारीमा कमजोरी देखिएको समेत स्वीकार गरेका थिए ।

प्रधानमन्त्रीको तयारीमा कमजोरी देखेपछि सांसद अशोककुमार चौधरीले आफ्नो पालामा भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो नाम अशोककुमार चौधरी हो, फेरि झुक्किनु होला ।’

जबकी सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिले नै प्रधानमन्त्री कार्यालयमा संसद सचिवालयमार्फत गइसकेको हुन्छ र सम्बन्धित मन्त्रालयबाट जवाफ लेखेर पठाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर