प्रधानमन्त्रीको प्रष्टीकरण- मधेशमा कम बजेट विनियोजन भयो भन्ने कुरामा सत्यता छैन – Nepal Press

प्रधानमन्त्रीको प्रष्टीकरण- मधेशमा कम बजेट विनियोजन भयो भन्ने कुरामा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले मधेश प्रदेशमा कम बजेट विनियोेजन गरेको भन्ने कुरामा सत्यता नभएको बताएका छन्।

प्रतिनिधिसभाको प्रश्नत्तर कार्यक्रममा सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफ दिने मधेशको विकास सरकारको प्राथमिकतामा रहेको बताए।

उनले भने, ‘मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साचो होइन। संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तिय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी मधेश प्रदेशमा नै जाने गरेको छ। यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पथलैया विरगञ्ज करिडोर, चन्द्रपुर गौर राजमार्ग, हुलाकीलगायत योजना परेका छन्।’

उनले पर्साको विरगञ्जको विकास सरकारको प्राथमिकतामा रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर