शुक्रबार घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? – Nepal Press

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन  बिहीबार १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर