नेपालसँग कूटनीतिक सम्बन्धको १८०औं देश बन्यो क्यामरुन – Nepal Press

नेपालसँग कूटनीतिक सम्बन्धको १८०औं देश बन्यो क्यामरुन

काठमाडौं । नेपाल र अफ्रिकी देश क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

बिहीबार अमेरिकामा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र क्यामरुनका प्रतिनिधि माइकेल तिमो मोन्थेले एक सम्झौतामा हस्ताक्षर गरेर दुई देशको कूटनीतिक सम्बन्धको सूत्रपात गरेका हुन् ।

क्यामरुन सँगको कूटनीतिक सम्बन्ध बनेसँगै नेपालको कूटनीतिक सम्बन्ध हुने देशहरुको संख्या १८० पुगेको छ । संयुक्त राष्ट्रसंघमा मान्यता पाउने देशहरूको संख्या १९३ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *