न्याम्सको उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त – Nepal Press

न्याम्सको उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा. बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उपकुलपतिका नियुक्त भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी थिए ।

कांग्रेसनिकट डा. बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए । उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर