बालकृष्ण खाणलाई भेट्न जेलमा पुगे परराष्ट्रमन्त्री साउद – Nepal Press

बालकृष्ण खाणलाई भेट्न जेलमा पुगे परराष्ट्रमन्त्री साउद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् । ।

केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागार पुगेका थिए । उनीहरूबीच आधा घण्टाभन्दा बढी समय कुराकानी भएो स्रोतले बतायो ।

खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको थियो ।

खाण र साउदबीच कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष हुँदादेखि नै गहिरो सम्बन्ध छ । २०४६ सालको जनआन्दोलन ताका खाण नेविसँघ अध्यक्ष थिए । खाणले गरेको महाधिवेशनबाट साउद अध्यक्षमा चुनिएका थिए ।

खाण पछि २०६२/०६३ मा तरुण दलको अध्यक्ष पनि भए । तर, साउद भने तरुण दलमा राजनीति गरेनन् ।

कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाण र साउद पार्टीभित्र संगठन भएका प्रभवशाली नेता मानिन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर