बालेनले रोकेको हिसान शैक्षिक मेला अदालतको आदेशपछि असार ८ बाट पुनः सञ्चालन हुने – Nepal Press

बालेनले रोकेको हिसान शैक्षिक मेला अदालतको आदेशपछि असार ८ बाट पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पुर्याएपछि कानूनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनसमपत दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए । उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बर्ताए ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी २०८० जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पुर्याइएकोले कानूनी प्रक्रियामा गइ सम्मानित उच्च अदालत पाटनका तर्फबाट प्राप्त मेला सञ्चालन गर्नु, गराउनु भन्ने अन्तरिम आदेश बमोजिम शैक्षिक मेला पुनः सञ्चालन गर्न लागिएको हो’, उनले भने, ‘शैक्षिक मेला २०८० असार ८, ९ र १० गते भृकुटीमण्डप काठमाडौंमा सञ्चालन हुँदैछ । तीन दिनसम्म निर्वाध रुपमा सञ्चालन हुनेछ ।’

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *