बजेटमाथि असन्तुष्टि बढेपछि नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा – Nepal Press

बजेटमाथि असन्तुष्टि बढेपछि नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा बैठक बसेको हो ।

बैठकमा बजेट, समाजवादी मोर्चालगायत समसामयिक विषयमा छलफल हुने सांसद किसान श्रेष्ठले बताए ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । नेकपा एसका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले सार्वजनिक रुपमै बजेट संशोधन नभए विपक्षीमा भोट हाल्ने बताउँदै आइरहेका छन् । उनीमात्रै नभएर अधिकांश सांसदहरु बजेटको विषयले लिएर सन्तुष्ट छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर