घनश्याम भुसालको टिप्पणी- समाजवादी मोर्चाले वर्तमान आवश्यकतालाई मात्रै ध्यान दिए औचित्य सकिन्छ – Nepal Press

घनश्याम भुसालको टिप्पणी- समाजवादी मोर्चाले वर्तमान आवश्यकतालाई मात्रै ध्यान दिए औचित्य सकिन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ‘समाजवादी मोर्चा’ले गति दिन नसके दुर्घटनामा पर्ने बताएका छन्।

काठमाडौंमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए औचित्य समाप्त हुने बताए।

उनले भने, ‘सु विचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ। इमानदार तवरले जनतासम्म पुग्न नसक्दा राजनीतिक दल कमजोर हुँदै गएका छन्। जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ।’

बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्ने बताए।

वर्तमान ‘पपुलिष्ट’ संस्कृतिलाई विस्थापित गर्नका ठूलो शक्ति पैदा हुनुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर