नेपाली बलरसामु वेस्ट इन्डिजको सङ्घर्ष, पावर प्लेमा २ विकेट गुमाएर ३० रन – Nepal Press

नेपाली बलरसामु वेस्ट इन्डिजको सङ्घर्ष, पावर प्लेमा २ विकेट गुमाएर ३० रन

काठमाडौं । जारी आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट बलिङ सुरुआत गरेको छ ।

हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले नेपाली बलर सामु रन बनाउन सङ्घर्ष गरिरहेको छ । दोस्रो ओभरमै ओपनर केयल मायर्स गुमाएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो ।

वेस्ट इन्डिजले पावर प्लेको समाप्तिमा २ विकेट गुमाउँदै ३० रन बनाएको छ । नेपालका लागि गुलशन झा र करण केसीले एक–एक विकेट लिएका छन् ।

पहिलो पटक विश्व विजेता वेस्ट इन्डिजसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालले आजको खेल जितेमा सुर सिक्स सम्भावना बलियो बनाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर