नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दा भट्टराई र रेग्मीको संयुक्त इजलासमा – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दा भट्टराई र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको पेसी पहिलो नम्बरमै परेको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।

अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर