बैंकहरुमा पैसा फालाफाल, आजै राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तान्दै – Nepal Press

बैंकहरुमा पैसा फालाफाल, आजै राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तान्दै

काठमाडौं । बैङ्किङ प्रणालीमा तरलता (लगानी योग्य रकम) बढ्दै गएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ ।

बैंकले रिभर्स रिपोमार्फत बजारबाट आज १० अर्ब रुपैयाँ तान्दै छ । बैंकहरुमा तरलता मात्र थुप्रिने तर कर्जा लगानी नहुँदा केन्द्रीय बैंकले बैंकहरुको पैसा तान्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको रिभर्स रिपो असार १४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । अहिलेको अवस्था पनि बजारमा अधिक तरलता भएकाले तान्नुपरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर