तलब भत्ताबाट बचेको रकम सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न अर्थमन्त्रालयको परिपत्र – Nepal Press

तलब भत्ताबाट बचेको रकम सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न अर्थमन्त्रालयको परिपत्र

काठमाडौँ । अर्थ मन्त्रालयले कर्मचारी तथा पदाधिकारीको तलब भत्ताबाट बचेको रकम नीजि सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न परिपत्र गरेको छ ।

अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जेठ ३२ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कर्मचारी र पदाधिकारीको तलब पारिश्रमिक तथा विभिन्न भत्ताबाट बचत हुने रकमबाट करार सेवा शुल्क निजी सचिवालयको कर्मचारीको अपुग पारिश्रमिकको मात्र खर्च गर्न सहमति उपलब्ध गराउन भनेको हो ।

यही परिपत्रका आधारमा सङ्घीय मामिला मन्त्रालयले ७७ वटै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सोही बमोजिम गराउन असार ६ गते परिपत्र गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर