महानगरको नीति तथा कार्यक्रम : ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ देखि धुलोरहित काठमाडौंसम्म (पूर्णपाठ) – Nepal Press

महानगरको नीति तथा कार्यक्रम : ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ देखि धुलोरहित काठमाडौंसम्म (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा तथा १३औं अधिवेशनमा मेयर बालेन शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

शाहले स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विषेष नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

महानगरले ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० वटा गौरवका योजना अघि सारेको छ । त्यस्तै महानगरबासीका दिनदैनिक समस्या समाधानका लागि स्वर्णिम योजना ल्याइएको छ । शिक्षासम्बन्धी कार्यनीतिअन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा अघि सारिएको छ । त्यस्तै विद्यालयलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउन सुन्दर विद्यालय परियोजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता पनि परिचालनको योजना ल्याइएको छ ।

महानगरका पक्की सडक रुपान्तरण र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौंलाई गौरवको योजनामा राखिएको छ । काठमाडौं महानगरलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न र यसको पहिचान जीवित राख्न संस्कृति, सम्पदा र पर्यटन: महानगरको धन योजना सञ्चालन गरिने भएको छ । न्याय तथा कानूनी परामर्शका लागि न्याय चौतारी पनि अघि सारिएको छ । ज्येष्ठ नागरिक, एकल व्यक्ति, अपाङ्गता भएका व्यक्तिलगायतलाई साथी महानगर स्वर्णिम योजना सञ्चालन गरिने शाहले बताए ।

२० वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।

तस्बिरहरू : गौरव पौडेल

हेर्नुस् महानगरको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर