उपप्रधानमन्त्री खड्कासँग अष्ट्रेलियन राजदूतले गरे शिष्टाचार भेट – Nepal Press

उपप्रधानमन्त्री खड्कासँग अष्ट्रेलियन राजदूतले गरे शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच घनिष्ठ सम्बन्ध रहेको बताएका थिए । साथै उनले वर्तमान सरकार दुईपक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिवद्ध रहेको र यसका लागि काठमाडौस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने समेत बताए ।

खड्काले कोभिड-१९ को समयमा अष्ट्रेलियाबाट प्राप्त खोप एवं अन्य सहयोगको निम्ति धन्यवाद दिँदै नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलियन सरकारको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

साथै उनले रक्षा क्षेत्रमा दुई देशका सेनाबीच तालिम एवं विभिन्न प्रकारका कार्यक्रमहरुमा सहकार्य हुँदै आइरहेको कुरा उल्लेख गर्नु हुँदै आगामी दिनमा यस्तो सहयोग विस्तार गर्ने पर्याप्त संभावना रहेको विचार व्यक्त गरे । आफ्नो कार्यकालमा नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप उचाईमा पुरÞ्याउन आफू प्रतिवद्ध रहेको मन्त्री खड्काले बताएका थिए ।

खड्काले राजदूतलाई आफ्नो नियुक्तिउपर दिएको बधाई एवं शुभकामनाका निमित्त धन्यवाद व्यक्त समेत गरेका थिए ।

भेटका क्रममा रक्षा मन्त्रालय एवं परराष्ट्र मन्त्रालय सहसचिवहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *