नेपालमा रासायनिक होइन, अर्गानिक मल कारखाना आवश्यक छ : पूर्वअर्थमन्त्री शर्मा – Nepal Press

नेपालमा रासायनिक होइन, अर्गानिक मल कारखाना आवश्यक छ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखाना आवश्यक नभएको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा उनले स्रोत र साधन भएकाले अर्गानिक मलमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन । अर्गानिक मल कारखाना आवश्यक छ । हामीसँग भएका स्रोत, साधनहरूबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौं । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरूको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरू स्थापना गर्नुपर्ने उनले बताए ।

पूर्वअर्थमन्त्री शर्माले स्थानीय सरकारले उत्पादनमा जोड दिँदै बाँझो जमिनको प्रयोगमा ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर