अध्यागमनकाे सर्भर डाउनपछि अन्तर्राष्ट्रिय उडान प्रभावित, सयाैं यात्रु मर्कामा – Nepal Press

अध्यागमनकाे सर्भर डाउनपछि अन्तर्राष्ट्रिय उडान प्रभावित, सयाैं यात्रु मर्कामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ ।

सिंहदरबारबाट सञ्चालित सरकारी सर्भरको ट्रान्सफर्मर पड्किएर अध्यागमनको सर्भर डाउन भएको अध्यागमनका एक अधिकारीले जानकारी दिएका छन् । सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ ।

सर्भर डाउन भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बन्न पुगेको छ ।

करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनले जनाएको छ ।

सर्भर सुचारु हुन अझै एक घण्टा लाग्ने बताइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर