करण बने प्लेयर अफ दी म्याच – Nepal Press

करण बने प्लेयर अफ दी म्याच

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसी ‘प्लेयर अफ दी म्याच’ घोषित भएका छन् ।

टस जितेर पहिला बलिङ थालेको नेपालका लागि करणले १० ओभरमा एक्लैले ४ विकेट लिएका थिए । नसको मद्दतमा नेपालले अमेरिका माथि पुरै खेलमा दबाव बनायो ।

करणले ९ ओभर बलिङ गर्दा ३ मेडन राख्दै ३३ रन खर्चिएका थिए । अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै दिएका् २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै शानदार ६ विकेटको जित निकाल्यो ।

विश्वकप छनोटमा यो नेपाललको पहिलो जित हो । छनोटको पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाबेसँग ८ विकेटले पराजितभ एका् थियो । अमेरिकाको भने यो लगातार दोस्रो हार हो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर