चलाउनेमाथि सांघातिक हमला गर्नेको मुद्दा फिर्ता गरेकोमा अनेरास्ववियुको विराेध – Nepal Press

चलाउनेमाथि सांघातिक हमला गर्नेको मुद्दा फिर्ता गरेकोमा अनेरास्ववियुको विराेध

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविका उपप्रध्यापक प्रेम चलाउनेलाई सांघातिक हमला गर्ने नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णयको विरोध गरेको छ ।

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै २०७७ असोज २० गते त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई ज्यान मार्ने नियतले सांघातिक हमला गर्ने नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको मुद्दा मन्त्रिपरिषदको निर्णयबाट फिलर्ता गरिएको भन्दै विरोधको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

अध्यक्ष समिक बडालले सार्वजनिक गरेको अपीलअनुसार देशभरका विद्यार्थीहरुलाई आफ्नो क्याम्पस अगाडि कालो व्यानर राखेर विरोध गर्न समेत आग्रह गरेका छन् ।

सोमबारबाट सुरु भएको त्रिविको उपकुलपति परिषदमा सुरु भएको अनसनमा समेत अनेरास्ववियुको समर्थन भएको बडालले हस्ताक्षर गरेको अपिलमा जानकारी दिइएको छ ।

संगठनको ब्यानरमा आज विरोध गरेपनि अनेरास्ववियुका महासचिव नरेश रोकायाको अगुवाइमा अनेरास्ववियुका विद्यार्थीहरुले उपप्राध्यापक प्रेम चलाउनेको धर्ना र अनसनमा सोमबारबाटै सार्वजनिक रुपमा ऐक्यवद्धता देखाएका थिए ।

त्रिविको उपकुलपति परिसरमा भएको चलाउनेको अनसनमा अनेरास्ववियुरे रिले अनसन गरेर समर्थन गरेको थियो ।

यस अघि प्रगतिशिल र प्रजातान्त्रिक दुवै प्राध्यापक संघहरुले समेत चलाउनेमाथि सांघातिक हमला गरेकोमा आजै सार्वजनिक रुपमा आपत्ति जनाएका छन् ।

आजैबाट वृहत नागरिक आन्दोलनले समेत विरोध सुरु गरेको छ ।

 


प्रतिक्रिया

One thought on “चलाउनेमाथि सांघातिक हमला गर्नेको मुद्दा फिर्ता गरेकोमा अनेरास्ववियुको विराेध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर