आईसीसी विश्वकप छनोट: अमेरिकाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक – Nepal Press

आईसीसी विश्वकप छनोट: अमेरिकाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर आसिफ शेख आउट भएपछि क्रिजमा आएका भीमले ९७ बलमा ४ चौकाको मद्दतमा ५१ रन बनाए ।

यो उनको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो ।

अहिले अमेरिकाविरुद्ध जीतका लागि नेपाललाई १२ ओभरमा ३८ रन आवश्यक छ । नेपालले ३८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १७० रन बनाएको छ ।

क्रिजमा भीम र दीपेन्द्रसिंह ऐरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर