कान्ति लोकपथमा कार दुर्घटना, एकको मृत्यु – Nepal Press

कान्ति लोकपथमा कार दुर्घटना, एकको मृत्यु

हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी कार चालक हेटौंडा-३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बीसीए ०५३७ नम्बरको कार अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना परी कारमा सवार भीमफेदी गाउँपालिका- ५ का ४५ वर्षीय राजकुमार बल घाइते भएका छन् । बलको उपचारको लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर