प्रेम चलाउनेको मुद्दा फिर्ता लिएकोप्रति प्राध्यापक संघ र प्रगतिशील प्राध्यापक संगठनको आपत्ति – Nepal Press

प्रेम चलाउनेको मुद्दा फिर्ता लिएकोप्रति प्राध्यापक संघ र प्रगतिशील प्राध्यापक संगठनको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको अदालतमा विचाराधीन रहेको मुद्दा सरकारले फिर्ता लिएकोप्रति नेपाल प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संघले आपत्ति जनाएका छन् ।

संघ र संगठनले प्रेस विज्ञप्ति जारी गरेर कानूनी व्यवस्थाअनुसार पीडितलाई यथाशीघ्र न्याय दिनु र पीडकलाई कारबाहीको दायरामा ल्याउनेको सट्टा विचाराधीन मुद्दा फिर्ता लिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुवै संघ संगठनले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरभित्रै आपराधिक मनोवृत्ति भएको समूहले भौतिक आक्रमण गरेपछि पीडितले न्यायका लागि अदालतमा सप्रमाण किटानी जारी दिएको र मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा मुद्दा फिर्ता दुखद भएको जनाएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको मुद्दा फिर्ताको निर्णय रद्द गर्दै न्यायिक प्रक्रियालाई यथाशीघ्र अगाडी बढाएर पीडित प्रेमबहादुर चलाउनेलाई न्यायको महसुस गराउँदै पीडकलाई कानूनअनुसार कारवाहीको दायरमा ल्याउन संघका अध्यक्ष प्रा.डा.रमेशकुमार जोशी र महासचिव सह प्रा.नरेन्द्रप्रसाद सिवाकोटी तथा संगठनका अध्यक्ष बेदराज केसी र महासचिव डा.पद्मप्रसाद खतिवडाले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर