गुलशनले विकेट लिँदा नेपाललाई सातौं सफलता – Nepal Press

गुलशनले विकेट लिँदा नेपाललाई सातौं सफलता

काठमाडौं । जारी आईसीसी विश्वकप छनोट अन्तर्गतको अमेरिकाविरुद्धको खेलमा नेपालले सातौं सफलता प्राप्त गरेको छ ।

गुलशन झाले ३६.४ ओभरमा निसार्ग पटेललाई आसिफ शेखबाट क्याच आउट गराउँदै नेपालका लागि सातौं विकेट लएका हुन् ।

टस जितेर बलिङ थालेको नेपालले नेपालले सुरुआतदेखिनै अमेरिकामाथि दबाव बनाएको थियो । पावर प्लेमा उत्कृष्ट बलिङ गर्दै करण केसी एक्लैले ४ विकेट लिएपछि अमेरिका संकटमा परेको थियो ।

त्यसपछि, दीपेन्द्रसिंह ऐरीले अघिल्लो खेलमा वेस्ट इन्डिज विरुद्ध शतक प्रहार गरेका गजानन्द सिंहलाई आउट गरेपछि अमेरिकाको शिर्ष क्रम धरापमा परेको थियो । लगातार विकेट जाँदा अमेरिकाको इनिङ सम्हालिरहेका सुशान्त मोदानीलाई पनि ललित राजवंशीले बोल्ड गरेपछि अमेरिका संकटमा परेको हो ।

यो समाचार लेखिसक्दा अमेरिकाले ३८ ओभरमो समाप्तिमा ७ विकेट गुमाएर १ सय ३४ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर