घरजग्गा करमा पुरानै व्यवस्थामा फर्कियो सरकार, बिक्री गर्दाको ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने – Nepal Press

घरजग्गा करमा पुरानै व्यवस्थामा फर्कियो सरकार, बिक्री गर्दाको ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने

काठमाडौं । सरकारले घरजग्गाको करमा पनि पुरानै व्यवस्था लागू गर्ने स्पष्ट पारेको छ । यस अघि पनि बजेटमार्फत ल्याएको शेयर बजार र १० तोलाभन्दा माथि सुन किन्दा लगाउन लागेको थप करबाट सरकार पछि हटेको थियो ।

घरजग्गा व्यवसायीले विरोध गरेपछि सरकार पछि हटेर पुरानै व्यवस्था लागू गर्ने भनेर सूचना जारी भएको छ । आन्तरिक राजस्व विभागले पुरानै नियम लागू हुने भन्दै स्पष्टीकरण पत्र निकालेको हो ।

‘आर्थिक विधेयक, २०८० को दफा २९ का विषयमा द्विविधा भएकोले स्पष्ट गरिदिनका लागि अनुरोध भइआएको सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, पत्रमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर