सरकारसँग भिजन छैन, ओलीको पालामा पालिकामा ५० करोडसम्म बजेट छुट्याइएको थियो : गोकुल बास्कोटा (भिडिओ) – Nepal Press

सरकारसँग भिजन छैन, ओलीको पालामा पालिकामा ५० करोडसम्म बजेट छुट्याइएको थियो : गोकुल बास्कोटा (भिडिओ)

पनौतीमा हुँदै नभएको वडामा बजेट छुट्याएकोप्रति प्रश्न

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारसँग आशावादी हुने कही पनि ठाउँ नदेखिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो अवस्थामा नागरिकहरु सरकारसँग कसरी आशावादी हुने ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘केही ओली प्रधानमन्त्री हुँदा तराईंका पालिकाहरुमा ५० करोडसम्म बजेट गएको हो। अहिले ५ करोडदेखि ३६ करोडसम्म गएको छ । नगरपालिकालाई जाने पैसा । जनसंख्या बस्छ ६३ प्रतिशत । कसरी सम्बोधन हुन्छ ?’

सरकारसँग कुनै भिजन, प्लानिङ नभएको जिकिर गरे । उनले पनौतिमा १२ वडामात्रै भएपनि १३, १४ र १५ वडाका लागि पनि बजेट छुट्याइएको भन्दै कहाँ पर्छ त्यो ? भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर