युक्रेनको राजधानीमा रहेको पहिलो अन्तरिक्षयात्री युरि गागरिनको शालिक भत्काइयो – Nepal Press

युक्रेनको राजधानीमा रहेको पहिलो अन्तरिक्षयात्री युरि गागरिनको शालिक भत्काइयो

काठमाडौं । युक्रेनको राजधानी किभमा रहेको प्रथम अन्तरिक्ष यात्री युरि गागरिनको शालिक भत्काइएको छ । तत्कालीन सोभियत संघको अन्तरिक्ष यानबाट सन् १९६१ अप्रिल १२ मा नागरिन अन्तरिक्ष पुगेका थिए ।

गागरिनले अन्तरिक्ष पुगेर किभ भ्रमण गरेको अवसरमा प्रतिमा निर्माण भएको थियो । रुसी मिडिया आरटीका अनुसार गागरिनको प्रतिमा सरकारकै निर्देशनमा हो वा स्थानियले आफैँ हो प्रमाणित नभएको उल्लेख गरेको छ ।

युक्रेन र रुसको द्वन्द्व बढिरहँदा रुस र सोभियत संघसँग जोडिएका ल्याण्डमार्कहरु युक्रेनले भत्काउन थालेको रुसी मिडियाहरुले बताएका छन् ।

सन् २०१५ बाट त्यो अभियानले निरन्तरता पाएको र सन् २०२२ फेब्रुहरी २४ मा रुसको युक्रेनमाथिको सैन्य हमलापछि त्यसको गति बढेको रुसी मिडिया आरटीले उल्लेख गरेको छ ।

गागरिनको प्रतिमा भत्काउने कुरामा पनि त्यही निरन्तरता भएको हुनसक्ने रुसी मिडियाको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर