संसदीय गतिविधिमा सक्रिय हुँदै माओवादी नेता पुन, समिति बैठकमा सहभागी – Nepal Press

संसदीय गतिविधिमा सक्रिय हुँदै माओवादी नेता पुन, समिति बैठकमा सहभागी

काठमाडौं । चार महिना उपचारपछि चीनबाट फर्किएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य वर्षमान पुन संसदीय गतिविधिमा सक्रिय हुन थालेका छन् । उनी मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उपस्थित भए ।

पुन बैठकमै औषधि सेवन गरिरहेका थिए । उनले आफ्नो स्वाथ्यलाभको कामना गर्नेलाई पनि धन्यवाद दिए ।

पुनले भने, ‘म ४ महिनाको लामो उपचारपछि स्वास्थ्य भएर समितिको पहिलो बैठकमा उपस्थित भएको छु । यहाँहरूले जसरी स्वास्थ्यलाभका लागि सद्भाव र शुभेच्छा व्यक्त गर्नुभयो । यहाँहरू सबैलाई समितिका सभापतिमार्फत धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’

पुन स्वास्थ्य समस्याका कारण प्रतिनिधिसभाको पहिलो अधिवेशनको २८ वटा बैठकमध्ये पहिलो बैठकबाहेक कुनैमा उपस्थित हुन सकेका छैनन् । २०७९ पुस २६ मा बसेको पहिलो बैठकमा सहभागी भएयता उनी नेपालमै उपचार गरेर थप उपचारका लागि चीन पुगेका थिए । स्वास्थ्यमा सुधार आएसँगै असार १ गते उनी स्वदेश फर्किएका हुन् ।

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि पुन २०७९ फागुन १ गते उपचारका लागि चीन प्रस्थान गरेका थिए । चीनको सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनले उपचार गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर