लेखराजको दाबी- समाजवादी मोर्चा कुनै दिन एमालेमै फर्किन्छ – Nepal Press

लेखराजको दाबी- समाजवादी मोर्चा कुनै दिन एमालेमै फर्किन्छ

सुर्खेत । नेकपा एमालेका सचिव लेखराज भट्टले एमालेसँग एकीकरण गर्न समाजवादी मोर्चा बनेको दाबी गरेका छन् ।

कर्णाली इन्चार्जसमेत रहेका भट्टले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा एमाले मूलधारको कम्युनिष्ट भएको जिकिर गरे ।

‘समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा म विश्वस्त छु । कम्युनिष्टहरू एकीकृत हुन यो मोर्चा बनाइएको हो’, उनले भने ।

आफ्नो अस्तित्व कमजोर हुँदै गएकाले माओवादी, जसपा, नेकपा एस र विप्लवले समाजवादी मोर्चा बनाएको भट्टको टिप्पणी छ ।

फरक प्रसंगमा उनले बजेट वितरणमुखी भएको बताए । बजेट अर्थ नीतिलाई माथि उकास्ने खालको नभएको बताए ।

‘सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा छन् । सुधारका कार्यक्रम केही देखिएको छैन । वितरणमुखी र परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठीक छैन’, उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर