कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकालाई प्रतिव्यक्ति १ लाख राहत दिने – Nepal Press

कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकालाई प्रतिव्यक्ति १ लाख राहत दिने

विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएकालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार राहतस्वरुप उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कोशीमा बाढी र पहिरोको कारण ९ जनाको मृत्यु भैसकेको छ । २८ जना वेपत्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर