भगवान बुद्धको आशीर्वाद प्राप्त यो देश बनाउन सकिन्छ : विश्वप्रकाश शर्मा – Nepal Press

भगवान बुद्धको आशीर्वाद प्राप्त यो देश बनाउन सकिन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए ।

उनले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए । उनले कांग्रेस संस्थापक नेता बीपी कोइरालाले श्रमिकको हक हितका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताए । उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम कांग्रेसले बनाइरहेको बताए ।

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए ।

यस्तो छ शर्माको अभिव्यक्तिः

कुनैपनि देश समुन्नत छ की छैन भन्ने कुराको पनि निश्चित मापदण्ड छ । त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरु छन्, भव्यभव्य महलहरु छन्, हाइवेहरु छन् एक हिसाबले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला । यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन । त्यो देशमा बाँचिरहेको श्रमकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्ने कुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ । त्यसैले नै होला जननेता बिपी कोइरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो । बिपी कोइरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान गौतमबुद्धको आशीर्वाद प्राप्त देश हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर