माधव नेपालको प्रष्टोक्ति- समाजवादी मोर्चा कांग्रेसलाई घुर्क्याउन र एमालेसँग मुकाबिला गर्न होइन (भिडिओ) – Nepal Press

माधव नेपालको प्रष्टोक्ति- समाजवादी मोर्चा कांग्रेसलाई घुर्क्याउन र एमालेसँग मुकाबिला गर्न होइन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा स्वार्थको नभएको प्रष्टीकरण दिएका छन् । समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रतिगमन र यथास्थितिविरुद्ध यो मोर्चा बनेको बताए ।

उनले भने, ‘हामी समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लान चाहन्छौं । हामी देशभक्ति शक्तिहरुलाई हातेमालो गर्दै लान चाहन्छौं । समाजवादी नेपालको निर्माणको पक्षमा हुनेलाई समेटेर जान चाहन्छु ।’

यो मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको उनको भनाइ थियो । यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको उनको भनाइ छ ।

उनले यो पहिला पटकको सहकार्य नभएकाले विश्वासको साथ अघि बढ्ने बताए ।

नेपालले कांग्रेस र एमालेको नाम नलिई पछिल्लो समय भइरहेका टिकाटिप्पणीको खण्डन गरे । कांग्रेसलाई घुर्काउन र एमालेका विरुद्ध मुकाबिलाका लागि मोर्चा गठन नभएको उनको आशय थियो ।


प्रतिक्रिया

One thought on “माधव नेपालको प्रष्टोक्ति- समाजवादी मोर्चा कांग्रेसलाई घुर्क्याउन र एमालेसँग मुकाबिला गर्न होइन (भिडिओ)

  1. दिल्लीको दलाली गर्न बनेको हो । जे बनाए पनि अब सकिने हुन् दलालहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *