नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला – Nepal Press

नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

उनले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

उनले पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायहरु समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको दाबी गर्नुभयो। उहाँले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताए ।

नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताए ।

उनले नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली काँग्रेस भित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न नसकिने बताए ।

उनले भने, ‘यसको निरन्तरता भए झन्डै २०५८ सालतिरको अवस्था नहोला भन्न सकिँदैन । त्यसैले एक पटक नेपाली काँग्रेस तथा तमाम लोकतन्त्रवादीहरुले सिङगो देशलाई नेतृत्व प्रदान गर्दछ । देशलाई व्यवस्थापन दिनुछ ।’

‘देशमा आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहे जस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरुले पार्टी र राष्ट्रको स्वार्थ भन्दा व्यक्तिको निजी स्वार्थ हाबी भयो । नेपाली कांग्रेस लगायत सबै पार्टी, सरकार, संसद तथा संवैधानिक निकायहरुमा समेत व्यक्तिगत स्वार्थ हावी भएको छ’, सिटौलाले थपे, ‘यस्तो भएपछि कसरी संविधानको सहि कार्यान्वयन हुन्छ । सरकार तथा न्याय पालिकाभित्र समेत संविधानले तय गरेको गन्तव्र्य मूल्य र मान्यता भन्दा पनि निजी स्वास्र्थ हावी भएको छ । राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वास्र्थ हावी भएको कारण अनेकौं कमजोरी भएका छन् ।’

उनले नेपाली काँग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताए । उनले एक पटक नेपाली काँग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर