सुनिल मास्केको बाह्रौँ सोलो एल्बम ‘अनुभव’ सार्वजनिक – Nepal Press

सुनिल मास्केको बाह्रौँ सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

काठमाडौं। संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम ‘अनुभव’सार्वजनिक गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले ‘अनुभव’ सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बममा ५ वटा गीत समाबेश छन जसमा उदय सोताङ्ग र मनिला सोताङ्गले स्वर दिएका छन्।

‘कति कुरा मिठा बातमा हुन्छ’ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ। ‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन रहेको छ।

त्यसैगरी, ‘तिम्रो माया जीवनको खेल होकी’ मा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन, ‘कता गयो त्यो वैंश’ मा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन र ‘तिमि सँगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ। सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् । गीतमा किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्।

कार्यक्रममा एल्बममा समावेश दुइ वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *