किसानको उत्पादन सडकमा फालेको देख्दा मन थाप्न मुस्किल पर्छ : ओली – Nepal Press

किसानको उत्पादन सडकमा फालेको देख्दा मन थाप्न मुस्किल पर्छ : ओली

‘हाम्रो पार्टीको घोषणा पत्रको २० ग्यारेन्टीमा भनेझैँ कृषिवस्तु खरिद सम्झौता गर्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिवस्तु खरिद सम्झौता नभएसम्म अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताएका छन्।

उचित मूल्य नपाएपछि आइतबार किसानले कालीमाटीमा गोलभेँडा सडकमा फ्याँकेर आन्दोलन गरेपछि ओलीले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौँ, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ।’

किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको देख्दा मन थाम्न मुस्किल परेको उनको भनाइ छ।

‘कृषिवस्तु खरिद सम्झौता हुनु पर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौँ पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौँ, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौँ’ उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर