बालेनको कविता : जब देशमा सबै मरेका हुन्छन्, एक जनाले सास फेरेर देखाउनुपर्छ – Nepal Press

बालेनको कविता : जब देशमा सबै मरेका हुन्छन्, एक जनाले सास फेरेर देखाउनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ले लिएका पछिल्लो केही कदमले उनको चर्चा बढेको छ ।

आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नेदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनेसम्मका उनका निर्णयलाई हरेक नेपालीले साथ दिएका छन् ।

दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश एक संवाद हटाउन उनले अल्टिमेटम नै दिएका थिए । आफूले दिएको समय सीमा भित्र फिल्मको संवाद नहटेपछि बालेनले काठमाडौंमा सम्पूर्ण भारतीय फिल्मको प्रदर्शन नै रोकेका छन् ।

अहिले उनले एक कविता लेख्दै आफू नेपाल देशको नागरिक भएको जिम्मेवारी पूरा गरेको बताएका छन् ।

उनले लेखेको कविता यस्तो छ

जब देशमा सबै मरेका हुन्छन् ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।

 


प्रतिक्रिया

2 thoughts on “बालेनको कविता : जब देशमा सबै मरेका हुन्छन्, एक जनाले सास फेरेर देखाउनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर