मधेशका पूर्वमन्त्रीको बालेनमाथि तुच्छ टिप्पणी, सीता नेपालकी चेली नभएको जिकिर – Nepal Press

मधेशका पूर्वमन्त्रीको बालेनमाथि तुच्छ टिप्पणी, सीता नेपालकी चेली नभएको जिकिर

जनकपुरधाम । भारतीय फिल्म ‘आदिपुरुष’ माथिको विवादलाई लिएर मधेश प्रदेशका एक पूर्व मन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि खनिएका छन् । सीता नेपालकी चेली नभएको टिप्पणीसमेत उनको छ ।

यस्तो टिप्पणी गर्ने व्यक्ति हुन् मधेसका पूर्व पर्यटन राज्यमन्त्री सुरेश मण्डल ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- सीता नेपाली चेली थिएन । त्रेता युगमा वर्तमान नेपालको अस्तित्व पनि थिएन । उनी मिथिलाका राजा जनककी छोरी थिइन् । प्राचीन मिथिला हाल नेपाल र भारत दुबैमा पर्दछ ।

रामायण ग्रन्थका अनुसार सीताको जन्म सितामढी (त्रेतायुगीन मिथिला र हाल भारतको बिहार राज्य) तथा पालन पोषण मात्रै (त्रेताकालीन मिथिलाको राजधानी जनकपुरधाम र हाल नेपालको मधेश प्रदेश) मा भएको उनको दाबी छ ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मण्डलले मेयर बालेनले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएकोमा पनि आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्- काठमाडौंका मेयर बालेन शाहले आफूलाई मधेशी नलिइदिन र खाँटी दरबारिया राष्ट्रवादी साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक मञ्चन गरिरहेको छ ।


प्रतिक्रिया

One thought on “मधेशका पूर्वमन्त्रीको बालेनमाथि तुच्छ टिप्पणी, सीता नेपालकी चेली नभएको जिकिर

  1. यो हावादारी र असुहाउँदो मिथ्यान्क नदिउ मित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर